काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चैत २९ गते गर्ने भनिएको सभा स्थगित गरिएको हो ।
पन्ध्रो र सोह्रौ वार्षिक साधारण सभा प्रारम्भका लागि कम्पनी ऐन, २०६३ एवं कम्पनीको नियमावलीको व्यवस्था बमोजिम आवश्यक गणपूरक संख्या पुग्न नसकेकाले सभा स्थगित भएको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
चैत २९ गते स्थगित भएको साधारण सभा पुन : बस्ने मिति यथासिघ्र तय गरी सूचना प्रकाशन गर्ने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्