Shikhar Insurance
National Life

उद्योग व्यवसायलाई चलायमान बनाउन ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुल्ला गर्ने

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार १७:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गराउने बोर्डले घोषणा गरेको छ ।  ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार एक पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर बोर्ड र परिषद्ले दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘दरबारमार्ग र ठमेल क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा सरकारले पनि त्यहाँबाट राजस्व संकलन गर्न सकिन्छ । हाल दरबारमार्ग र ठमेल क्षेत्रले करिब ६० हजार बढीलाई रोजगारी दिएको छ । त्यो क्षेत्रमा कम्तिमा पनि ८ हजार बढी व्यवसायीहरुले व्यवसाय गरिरेहका छन् ।’

आर्थिक मन्दीको चपेटामा परेको उद्योग व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक अवस्थालाई उकास्न यो कार्यक्रमले सहयोग गर्ने अध्यक्ष शर्माले बताए । विदेशी पर्यटकहरुलाई शान्ति सुरक्षाको राम्रो अनुभूतीका साथै स्वच्छ वातावरणमा उच्च स्तरीय सेवा प्रदान गरी उनिहरुलाई सन्तुष्टि प्रदान गर्ने वातावरण बनाउँनमा उनले जोड दिए ।

तसर्थ नेपाल सरकार, केन्द्रीय सरकार, स्थानिय सरकारको स्वामित्वमा यो कार्य अगाडि बढाईएको उनले जानकारी दिए । हाल ठमेल तथा दरबारमार्गबाट सुचारु भएको यो आयोजना विस्तारै देशका विभिन्न शहरहरुमा पनि लागु हुने बोर्ड र परिषद्ले विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्