काठमाडौं । बन्धना स्टील्स प्राईभेन्टले व्यापार बढाएको छ । कम्पनीले सन् २०२१ को तुलनामा सन् २०२२ मा ४२.७२ प्रतिशत व्यापार बढाएको हो । कम्पनीले २७ करोड ६० लाख रुपैयाँले कारोबार बढाउँदै सन् २०२२ मा ९२ करोड २० लाख व्यापार गरेको हो ।
कम्पनीले २०१९ मा १ अर्ब ४ करोड ४० लाख रुपैयाँ कारोबार गरेको थियो भने २०२० मा ८२ करोड ३० व्यापार गरेको थियो । अघिल्लो वर्ष २०१९ को तुलनामा कम्पनीले २१.१६ प्रतिशत अर्थात् २२ करोड १० लाख रुपैयाँले कम व्यापार गरेको थियो ।
कम्पनीले फलाम र इस्पातका साथै कोण, फ्ल्याट, गेट, च्यानल आदि उत्पादन गर्दछ । कम्पनी सन् १९८३ मा गौरीशंकर रोलिङ मिलको नाममा स्थापना भएको थियो । कम्पनीको संचालकमा विनोद खंडेलवाल रहेका छन् । कम्पनीसँग वार्षिक १५ हजार मेट्रिकको उत्पादक उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्