Shikhar Insurance
National Life

तनहुँमा सात पक्की पुल निर्माण सम्पन्न, ११ वटा निर्माणाधीन

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार ११:५८
Hyundai
NCELL
NIMB

दमौली । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आवमा पाँच र चालु आवमा दुई गरी सातवटा मोटरेबल पुल बनेका हुन् ।

त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिईन् । निर्माणाधीन पुलका लागि २२ करोड ७५ लाख बजेट विनियोजन भएकामा ३ करोड २६ लाख २१ हजार खर्च भएको छ । चालु आवमा ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा ३० लाखको लागतमा अर्को पुल बनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवमा ५० लाखको लागतमा भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा ५० लाख, ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा ३० लाखमा, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा ३० लाख, घिरिङ गाउँपालिका–१ द्रुपद खोलामा ३० लाख र आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा ५० लाखमा पुल बनेका हुन् ।

इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा ७५ लाख विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा ४ करोडको लागतमा पुल निर्माणाधीन छ । शुक्लागण्डकी नगरपालिका–५ र ८ जोड्ने सेती नदीमा ३ करोड, बन्दीपुरस्थित खुदीखोलामा १ करोड, व्यास नगरपालिका–११ स्थित बुल्दीखोलामा १ करोड ५० लाख, शुक्लागण्डकी नगरपालिका–१० र भिमाद नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा १ करोड ५० लाख, म्याग्दे गाउँपालिका–४ मिन मावि पछाडि म्याग्देखोलामा १ करोड ७० लाखको लागतमा पुल निर्माणाधीन छ ।

यसैगरी, भिमाद नगरपालिका–३ बुडुवाखोलामा ४० लाख, भिमाद नगरपालिका–५ स्थित बुडुवाखोलामा १ करोड, भिमाद नगरपालिका–१ डुम्रीवेँसीमा १ करोड ४० लाख र बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ जोड्ने तल्लो डुम्रेमा १ ५० लाखको लागतमा पुल बनिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्