काठमाडौं । साताको चौथो कारोबार दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम रोखेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँले ऐतिहासिक रेकर्ड कायम राखेको सुनको मूल्यले बुधबार ५ सय रुपैयाँले बढेर फेरी नयाँ रेकर्ड राखेको हो । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३५ हजार ६ सय ५० रुपैयाँ रहेको थियो ।
साथै, चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ६ सय ८५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्