Shikhar Insurance
National Life

सुचकमा सुधार भए पनि जनताले अपेक्षा राखे अनुसार अर्थतन्त्रले गति लिन सकेन: प्रधानमन्त्री 

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जनताले राखेको अपेक्षा अनुसार अर्थतन्त्रले गति लिन नसकेको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वाषिर्क साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

आन्तरिक र बाह्य सुचक सुधार हुँदै गएको उनले बताए । उनले भने ‘सरकार र जनताले राखेको अपेक्षा अनुसार अर्थतन्त्रले गति लिन सकेको छैन् ।’ अन्तरिक रोजगारी र उत्पादन नबढे कुनै पनि हालतमा अर्थतन्त्रमा सुधार आउँदैन् । खर्च हुन नसक्ने ठाँउमा रहेको बजेटलाई खर्च कसरी गर्ने भन्नेमा सरकार तत्पर रहेको उनले बताए । देशकोआर्थिक रूपान्तरणमा गति दिन सरकार तत्पर रहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने निजी क्षेत्रलाई अगाडि बढ्न म प्रेरित गर्दछु । आजै १६ औं योजनाको छलफलमा तपाईंको सम्बोधन समेट्नु छु ।

सकारले निजी क्षेत्रमा लगानी र रोजगारि सिर्जना गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताए । दिगो विकासको लक्ष्य हासिल गर्न लागेको र  निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न आवश्यक रहेको जानकारी दिए । लगानी सम्मेलनलाई प्रभावकारी बनाउन सरकार लागेको छ, लगानी भित्र्याउन यो महत्त्वपूर्ण योग्दान पुग्ने विश्वास रहेको बताए ।

पर्यटन आगमन बढेको छ, आर्थिक सुचक सकारात्मक हुदै गएको छ , अर्थतन्त्र दिशा सकारात्मक छ, तर गति लिन सकेको छैन निजी क्षेत्रसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताए । यसपटकको, नीति तथा कार्यक्रममा उद्योग, जनप्रतिनिधिहरु सबैलाई समेटेर बनाउने छौं उनले भने ।

उनले भने ‘यसपटकको बजेटमा रोजगारि र उत्पादनमा फोकस भई बनाउने छौं ।’ पुँजिगत खर्च बढाउने छौं, स्थानीय तहलाई दिने अनुदान प्रभावकारी बनाउने छौं उनले भने । स्थानीय सरकारलाई बलियो साथै अधिकार सम्पन्न बनाउने र लगानी कर्ताको मनोबल बढाउन सरकारले प्रथमिकता दिएको उनले बताए ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्