काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चालु आर्थिक वर्षको अन्त्यमा काठमाडौं उपत्यकामा आधुनिक ट्राफिक लाइट व्यवस्था गर्ने तयारी गरेको बताएका छन् ।
मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा भौतिकमन्त्री महासेठले यस्ता बताएका हुन् ।
उनले नेपालको यातायात सुधार गर्न सवारी साधन सुधार गरेर मात्रै नहुने भन्दै ट्राफिक व्यवस्थापन पनि सुधार हुन आवश्यक रहेको बताए । उनले त्यसको लागि बजेटको व्यवस्थापन गरी पहिलो पटक काठमाडौं उपत्यकामा आधुनिक ट्राफिक लाइट व्यवस्था गर्न लागिएको बताए ।
उनले पहिलो चरणमा काठमाडौं,ललितपुर र भक्तपुर त्यसपछि पोखरा, नेपालगञ्ज, विराटनगर,जनकपुर र वीरगञ्ज जडान गरिने बताए । मन्त्री महासेठले आवश्यकता अनुसार सरकारले यातायात क्षेत्रमा सुधारहरु गर्दै जाने बताए । उनले साझा यातायातले बाँकी अन्य विद्युतीय बसहरु पनि ल्याएर सञ्चालन गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
उनले विद्युतीय ट्याक्सी र बसहरुलाई भौतिक मन्त्रालयले दिनसक्ने र सरकारले दिनसक्ने सहुलियतको विषयमा छलफल भइरहेको बताए । उनले ट्याक्सी र बस सञ्चालनको लागि महँगो भइरहको डिजेल र पेट्रोललाई बिस्तारै बिस्थापित गरेर विद्युतीय सवारी साधन सञ्चालन गर्ने भन्ने विषयमा होमवर्क गर्ने प्रतिवद्धता जानकारी गरे ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्