Shikhar Insurance
National Life

लहानमा ८ करोड बढी लागतमा निर्माण हुने ड्रेनको शिलान्यास

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १५:४४
Hyundai
NCELL
NIMB

सिरहा । सिरहाको लहान नगरपालिकाले ८ करोड ५८ लाख लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ । आज एक समारोहबीच नगर प्रमुख महेशप्रसाद चौधरीले ड्रेन निर्माण योजनाको शिलान्यास गरेका हुन् ।

लहान बजार सुन्दर बनाउने नगरको योजना बमोजिम ड्रेन निर्माण गर्न चैत १९ गते निर्माण कम्पनीसँग सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिए । “खुल्ला नहरले बजारक्षेत्र कुरुप बनाएको थियो । नहर व्यवस्थित नहुँदा बालबालिका र वृद्धवृद्धालाई आवतजावतमा जोखिम थियो, वर्षायाममा नजिकका घर जलमग्न हुने गरेका थिए । सुन्दर लहान बनाउने परिकल्पना अब साकार हुनेछ । नगर प्रमुख चौधरीले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ड्रेन निर्माणपछि नहरको दाँयाबाँया सडक र किनारमा बगैँचासमेत निर्माण हुने उनले जानकारी दिए । लहान बजारको उत्तरतर्फ वडा नं १०, ६, ७, ८ को ग्रामीण चोक हुँदै मारवाडी टोल, घण्टाघर, हुलाक चोक हुँदै दक्षिणतर्फ बहने दुई किलोमिटर लम्बाईको नहरमा ड्रेन बन्ने वडा न.७ का अध्यक्ष राम अवतार शर्माले जानकारी दिए । उनका अनुसार ड्रेन निर्माणको ठेक्का सुलभ गुम्दा, पिपी जेभी कम्पनीले लिएको छ ।

व्यवस्थित पक्की ड्रेन निर्माणले दुर्घटनाको जोखिम न्यूनीकरणका साथै लामखुट्टे आतङ्क नियन्त्रणमा सहयोग पुग्ने नगरपालिकाका सरसरफाइ संयोजक तथा वडा नं ८ का अध्यक्ष श्याम शाहले बताए । योजना एक वर्षभित्र पूरा हुने नगरपालिकाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्