Skip to content
Shikhar Insurance
National Life

क्रम्पटनको ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा’ नामक योजना सार्वजनिक

Hyundai
NCELL
NIMB

काठमाडौं । होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नयाँ वर्ष २०८१ लक्षित गर्दै क्रम्पटनको ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सिमित अवधिका लागि नेपाल अधिराज्य भरी रहेको क्रम्पटनका अधिकृत विक्रेता कहाँ गई उठाउन सक्नेछन् ।

यस योजनाको अवधिभरी लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडिया को साईड बाई साईड रेफ्रीजिरेटर साथै बम्पर उपहार स्वरुप एक जोडी थाईलान्डं जाने मौका प्रदान गरिनेछ । लक्की ड्रमा सहभागिता जनाउनको लागि क्रम्पटन (स्पेस) ग्राहकको नाम (स्पेस) ठेगाना (स्पेस) वारेन्टी कार्ड नम्बर टाइप गरी ३१००३ मा एसएमएस पठाउनको लागि कम्पनीले आग्रह गरेको छ ।

नेपालको लागि क्रम्पटन ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रप अन्तर्गतको सिजी इम्पेक्स रहेको छ । सिजी इम्पेक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा अधिराज्यभरी फैलिएको डिलर नेटवर्क मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

क्रम्पटन ब्रान्डको नेपालमा एयर कुलर, सिलिङ्ग फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान, एक्सहस्ट फ्यान, वाटर हिटर, इलेक्ट्रिक गिजर, रूम हिटर, मिक्स्चर ग्राइन्डर, इन्डक्सन कुकर र आइरन बजारमा सर्वत्र पाइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्