Shikhar Insurance
National Life

संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी लगानीमैत्री वातावरण सिर्जना गर्छौं : उद्योगमन्त्री

सिंहदरबार संवाददाता
२०८० चैत्र २६, सोमबार १३:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग,लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन् । सोमबार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौंमा भएको १८औं वार्षिक साधरण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले सरकारले उद्योगमैत्री कानून बनाएर अन्तिम चरणमा पु¥याएको दाबी गरे । उनले सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको बताए । उद्योगमन्त्री भण्डारीले समयाअनकुल उद्योग नीति,वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयाअनकुल अगाडि बढाउने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडिबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे । उनले करको विषयमा उद्योगी व्यवसायीहरुका असहमतिलाई नीतिगत रुपमा समाधान गर्नेगरी बजेट आउने जानकारी दिए ।

उनले विश्व बजारसँग प्रतिष्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतहरुमा बढी केन्द्रित वस्तुहरु उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गरे । उनले नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरुलाई निर्यात गर्ने वातावरण बनाउनु पर्ने बताए ।

उनले उद्योग नीतिमा भएका अस्पष्टताहरुलाई सरकारले चाँडै समाधान गर्ने प्रतिवद्धता जनाए । १० वटा उद्योगसँग सम्बन्धि ऐनहरु संशोधन गरेर उद्योगी व्यवसायीहरु उद्योग मन्त्रालय आएर मागहरु पूरा गरौं भन्ने देउसीभैलीको अन्त्य गरी ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गरिने उनको भनाइ रहेको थियो ।

मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याउन लागेको पनि बताए । उनले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउँन लागेको जानकारी दिए । उनले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्