Skip to content
Shikhar Insurance
National Life

किसानबाट उत्पादित लङ्ग्रेन बास्नादार चामल नेपाली बजारमा

Hyundai
NCELL
NIMB

काठमाडाैं। आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङ्ग्रेन बास्नादार चामल बिक्री वितरण सुरू गरेको छ । एभरेस्ट एरोम्याटिक सुपर लङ्ग्रेन नाम दिइएको चामल मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा चामलको औपचारिक बिक्री शुरूवात घोषणा गरेका हुन् ।

एभरेष्ट चामलको शुभारम्भ गर्दै बस्नेतले नेपाली किसानको मात्र धान किनेर उपभोक्ता माझ पु¥याएका बताए । यो चामलको मूल्य विदेशबाट आयातित चामलको दाँजोमा निकै सस्तो हुने प्रतिवद्धता पनि व्यक्त गरे ।

आयातितको तुलनामा यस चामलको लम्बाई १७.४६ मिलिमिटर लम्बाई रहेको छ । आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका ४ हजार भन्दा बढी बिगाहा जग्गामा हजार्रौं किसानसँग सहकार्य गर्दै आएको अध्यक्ष बस्नेतले बताए ।

मिलले धान रोपाई अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्युनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको अध्यक्ष बस्नेतले बताए । आरजु राईस मिलले किसानको धानलाई मिलमा आईपुगेको २ दिनभित्रै अनलाईन बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको पनि जानकारी दिए ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्