Shikhar Insurance
National Life

नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग उपसभामुखको आह्वान

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १३:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग आह्वान गरेकी छिन् । बुधबार काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेकी हुन् ।

उनले निजी क्षेत्रले नेपालमा कमाएर विदेशमा लगानी गर्ने भन्दा मेरो देश आफैँ बनाउँछु भन्ने नारासहित नेपालमै लगानी गर्न आवश्यक रहेको बताइन् । उनले नेपाली खानेकुराहरुलाई ब्राण्डिङ गरी विश्वमा पु¥याउनसके नेपाली युवाहरुलाई धेरै भन्दा धेरै रोजगारी दिन सकिने बताइन् । उनले होटल तथा रेष्टुरेण्टहरुमा बढी भन्दा बढी अग्र्यानिक खानेकुराको प्रयोग गर्न आग्रह गरिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपसभामुख रानाले निजी क्षेत्रको काम गराइले सरकार पनि बाध्य भएर देश विकासका लागि काम गर्ने हुटहुटी हुनेगरी निजी क्षेत्र देश विकासमा लाग्नुपर्ने आवश्यकता रहेको बताइन् । कार्यक्रममा रेष्टुरेण्ट तथा बार एशोसिएशन नेपाल (रेबान) का नवनिर्वाचित अध्यक्ष संघर्ष बिष्टले रेबानको विधान संशोधन गरी रेबानलाई देशभर फैल्याउने योजना रहेको बताइन् ।

उनले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६/७ वटा जिल्लामा मात्रै सिमित रहेको भन्दै देशभर फैल्याउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाहरुसँग् सहयोग गर्न आग्रह गरे । उनले रेबान बलियो भए अन्य निजी संघसंस्थाहरु बलियो हुन बताएकी छिन् ।

विधान संशोधन गरेर अघि बढाउने र रेबानलाई देशभर फैल्याउने हाम्रो योजना छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६/७ वटा जिल्लामा मात्रै छाैँ। अब हामी चाहन्छाैँ, विधान संशोधन गरेर नेपाल अधिराज्यभर फैल्याउन  । हामी बलियो भयो भने एफएनसिसिआईहरु बलियो हुने हो ।

उनले नेपाल सम्भावना नै सम्भावना बोकेको देश भएकाले सबैले आफ्नो क्षेत्रबाट सकेको काम गर्नुपर्ने बताइन् । रेबानको नयाँ कार्यसमितिमा अध्यक्षमा संघर्ष बिष्ट, प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्षमा लक्ष्मण बराल पोखरा, क्षेत्रगत उपाध्यक्षमा नरेश गिरी, सौराह,महासचिवमा शरदकुमार दाहाल, कोषाध्यक्षमा विप्लव भट्ट, सचिवमा सचिन कर्माचार्य, सहकोषाध्यक्षमा उद्धव ढकाल निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा अनुपलाल कक्षपती, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तैजससुन्दरलाल कक्षपती, रितेश श्रेष्ठ, डोलबहादुर थापा सारु, निःवर्तमान अध्यक्ष अरनिको राजभण्डारी, पदेन सदस्यमा नरेश भट्टराई, ध्रुव गिरी, जितेन्द्रलाल भूमी, अच्युत भट्ट, मनोनित सदस्यमा एकराज अधिकारी र देवेन्द्र गिरी रहेका छन् ।

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्