Shikhar Insurance
National Life

१५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले बोलायो वैशाख १२ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने वैशाख १२ गते साधारण सभा बोलाएको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई गत आवको मुनाफाबाट १५ प्रतिशत लाभांश करसहित दिने निर्णय गरेको हो ।

कम्पनीले वैशाख १२ गते ५औं वार्षिक साधारण सभा रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका स्थित होटल सिद्धार्थ भिलासामा बिहान १० बजे बस्ने आव्हान गरेको हो ।सभामा आव २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वसालत, नाफा नोक्सान हिसाव, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ३० गते एक दिन बुकक्लोज गर्ने भएको छ। जसअनुसार कम्पनीले चैत २९ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागी र नगद लाभांश पाउँनेछन् ।

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्