Shikhar Insurance
National Life

गल्फ लुब्रिकेन्ट्सद्वारा टेक्निकल प्रशिक्षण सञ्चालन, ३० भन्दाबढी मेकानिक्सहरु सहभागि

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १२:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित फ्याक्ट्रीमा मेकानिक्सहरुका लागि टेक्निकल प्रशिक्षण सञ्चालन गरेको छ । गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले फ्याक्ट्री भिजिट गरेका हुन् ।

सुदुरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकास गर्नका लागि चाहिने सान्दर्भिक टेक्निकल तालिम प्रधान गर्नुको साथै गल्फ लुब्रिकेन्ट्सप्रतिको मनोबल अझै वृद्धि गर्ने उद्देश्य रहेको संस्थाले जानकारी दिएको छ । नेपाल ल्यूब आयलको ल्याबमा भएको विभिन्न डिजिटल उपकरण मार्फÞत लब्रिकेंट्सको १७ थरी भन्नदा बढी पैरामीटर मापदण्डमा गुणस्तरको माप गरेर मात्र वस्तुहरू बिक्रीमा पठाईने गरेको थाहा पाउदा, सही वस्तु उपयोग गरिएको रहेछ भनेर सबै ढुक्क भएको अवलोकनमा सहभागी एक मेकानिक्सले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहभागी सबैलाई सर्टिफिकेट र खादा ओढाएर सम्मान गरी कार्यक्रमको समापन गर्दै नेपाल ल्यूब आयलका नायब महाप्रबन्धक हिरालाल रावतले भने,“मेकानिक्स साथीहरुको सिप बिकाशमा हामी हरदम प्रतिबद्ध छौँ र येही अनुरुपको कार्यक्रम आगामी दिनहरुमा पनि संचालन हुनेछन्। गल्फ लुब्रिकेन्ट्सको अन्तर्राष्ट्रिय मापदण्डको पालना, उत्पादनको हरेक चरणमा लागुगरिएको क्वालिटी कन्ट्रोल र यहाँ प्रयोग हुने अत्याधुनिक प्रविधिको वास्तविक आँखा अगाडि जानकारी दिनु पाउँदा गल्फ लुब्रिकेन्ट्स प्रतिको विश्वास बढेको हामीले यो कार्यक्रममा अनुभूति गरेका छौँ ।

नेपालयुब आयल लिमिटेडका आधिकारिक विक्रेता सयपत्री स्टोर्सको सहकार्यमा संचालित कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका प्रादेशिक बजार व्यवस्थापक राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइल देखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्