Shikhar Insurance
National Life

राकुटेनले ल्यायो गज्जबको अफर, बसदेखि रिसोर्टहरुमा आकर्षक उपहार

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १७:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘राकुटेन भाइबर’ले नयाँ वर्षको अवसरमा गज्जबको अफर ल्याएको छ । राकुटेनले ‘एक्सप्लोर नेपाल च्यानल’का सब्सक्राइबरहरूले डोमेस्टिक बस र फ्लाइट टिकटदेखि लग्जरी रिसोर्टहरूमा फ्री स्टेसम्मका आकर्षक उपहारहरु जित्न सक्ने अफर ल्याएको हो ।

‘राकुटेन भाइबर’ले ‘एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेन’को चौथों सिजन सुरु गर्दैछ। यसले देशका आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाहरूलाई अझै प्रष्ट रुपमा चिनाउने राकुटेनले विश्वास गरिएको छ। भाइबरले ट्राभल भ्लगर घुमन्तेलाई एक्स्प्लोर नेपाल च्यानललाई रोमाञ्चक अभियानको रूपमा अघि लैजान आमन्त्रित गरेको छ । यस अभियानमा सहभागी हुनेहरूका लागि आकर्षक उपहारहरु पनि छन् जुन गत वर्षका उपहारहरु भन्दा एक कदम अझै माथिका हुने भाइबरले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहभागीहरूमध्ये तीन जना विजेताका लागि बस सेवा मार्फत् प्रत्येक हप्ता पोखराका लागि दुईवटा प्रिमियम राउन्डट्रिप बस टिकटहरू, एकजना विजेताका लागि सस्तो टिकटबाट प्रत्येक हप्ता पोखराका लागि दुईवटा राउन्डट्रिप डोमेस्टिक फ्लाइट टिकट, सस्तो टिकटले एक भाग्यशाली विजेतालाई अविस्मरणीय माउन्टेन फ्लाइट दुईजनालाई अनुभव पनि गराउने र प्रत्येक दुई विजेताले रानीबन रिट्रिट, पोखरामा ४ जनाको ग्रुपको लागि दुई रातको लक्जरी स्टे प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

‘हामी यात्रुहरूलाई देशका प्राकृतिक सम्पदाहरूमा डुब्न आमन्त्रित गर्दछौं। हामीले यस अभियानमार्फत् हाम्रा कम्युनिटीका सदस्यहरूबीच सार्थक सम्बन्ध बढ्ने र साहसिक भावनाका साथ २०८१ लाई स्वागत गर्ने आशा गरेका छौं’, राकुटेन भाइबर एपाकका डाईरेकटर डेविड चेले भने । कुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्