काठमाडौं । काठमाडौं जिल्लामा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बिएको छ । वैशाख २९ गतेसम्म लगाइएको बन्दाबन्दी जिल्ला प्रशासन कार्यालयले १५ दिनका लागि बढाएको छ ।
निषेधाज्ञा थप कडाइका साथ पालना गराउने गरी व्यवस्था गराइएको छ । जसअनुसार विवाहा-ब्रतबन्धमा १० जनामात्र सहभागी हुन पाउनेछन् । अत्यावश्यक खाद्य पदार्थका लागि भने व्यवस्था सहज बनाइएको छ । खाद्यान्न पसलहरू बिहान १० बजेसम्म खुल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्