Skip to content
Shikhar Insurance
National Life

युद्धग्रस्त देशहरुमा श्रमिक नपठाउन सरकारलाई सांसद पौड्यालको आग्रह

Hyundai
NCELL
NIMB

काठमाडाैं । नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले युद्धग्रस्त देशहरुमा श्रमिक पठाउन बन्द गर्न सरकारलाई आग्रह गरेकि छिन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौड्यालले युद्धग्रस्त क्षेत्रमा श्रमिकहरुलाई पठाउने काम सरकारले बन्द गर्नुपर्ने बताएकी हुन् । उनले रुस र युक्रेनका युद्धमा नेपालीहरुले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै युवाहरुलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्ने बताइन् ।

उनले देशका विभिन्न जिल्लाहरुमा महिलाहरुको हत्या भइरहेको भन्दै महिला हत्या रोक्न सरकारसँग माग गरिन्। त्यस्तै उनले सभामुख देवराज घिमिरेको नेतृत्वमा आइपियु सम्मेलनमा भाग लिन विदेश गएको टोलीमा महिला सांसद तथा कर्मचारीहरुको संख्या ३३ प्रतिशत नपुगेको भन्दै असन्तुष्टि व्यक्त गरेकि हुन् ।

उनले किन ३३ प्रतिशत महिला अटाएनन् भनेर प्रश्न समेत गरिन् । उनले नगरकोट जाने सडकखण्डको अवस्था नराम्रो रहेको भन्दै त्यसको निर्माणकालागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले अमेरिकाको संसदमा नेपालमा धार्मिक अनास्था फैलाउन पैसा लगानी भएको कुरा उठेको भन्दै त्यसरी धार्मिक अनास्था फैलाउन कसले पैसा लिएको हो त्यसो निक्र्यौल गर्नुपर्ने बताइन् ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्