काठमाडौं । बागमती प्रदेश सरकारले अनलाईनमार्फत पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु गरेको छ ।मंगलबार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सो भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् ।
त्यस अवसरमा उहाँले सेवाग्राहीलाई सुविधा दिन र राजश्व संकलनमा समेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा शुरुवात गरिएको बताए । मन्त्री लम्सालले सो सेवा शुरुवात गरेर मन्त्रालयले एउटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै अरु धेरै सुधारको कामहरु गर्न बाँकी रहेको बताए ।
उनले भने -‘यो अनलाईन सिस्टम गर्ने वित्तिकै हामीले कार्यालय जानै परेन । कार्यालय नगईकन यो अस्थायी पटके अनलाईनबाट लिनेगरी यो व्यवस्थालाई सुरु गर्नका लागि हामीले विगत ३/४ महिनादेखि धेरै हिसावले छलफल ग¥यौँ मन्त्रालयमा । धेरै राउण्डमा हामी ट्राफिक प्रहरीसँग पनि बस्यौं । यो फिल्डमा काम गर्ने साथीहरुसँग पनि बस्यौं । आइटीका साथीहरुसँग पनि बस्यौं । विभिन्न व्यवसायी साथीहरुसँग पनि बस्यौं । त्यसपछि हामी अनलाईनमा जाने निधोमा पुग्यौं । र आजबाट हामी यो शुरु गर्दैछौं । अब लाईन बस्नुपरेन, अफिल आउनु परेन । बढी पैसा तिर्नुपर्ने गुनासो पनि सुन्न परेन । हामी प्रविधिको हिसावले जाँदा सेवा लिने र दिनेबीच भेट गर्नु पनि परेन । र यसले यातायात कार्यालयको भीडलाई पनि कम गर्छ । सेवाग्राहीले सुविधा पनि पाउँछ । राजश्व सही ढंगले उठछ । र हामी सबै नयाँ ढंगले अघि बढ्छौं । र यो महत्वपूर्ण काम हो भन्ने हामीलाई लागेको छ । यातायात मन्त्रालय र यातायात क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छ । यो एउटा अंश मात्रै हो ।’
कार्यक्रममा बोल्दै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सो अनलाईन सेवाले सुशासनको क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरेका थिए ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्