Shikhar Insurance
National Life

हिमालयन लघुवित्तद्वारा ‘ग्लोबल मनि विक-२०२४’ कार्यक्रम सम्पन्न, १८ हजार जना लाभान्वित

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले ‘ग्लोबल मनि विक जीएमडब्लु-२०२४’ को अवसरमा चैत ५ गतेदेखि ११ गतेसम्म आयोजित कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थामा आवद्ध सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन जीएमडब्लु २०२४ ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्