Shikhar Insurance
National Life

क्याम्ब्रिज इन्टरनेशनल एएस र ए परीक्षामा नेपालका ४३ विद्यार्थी उत्कृष्ट

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १७:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । क्याम्ब्रिज र ब्रिटिस काउन्सिलले नेपालमा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारको विजेताको नाम घोषणा गरेको छ । पुरस्कार नोभेम्बर २०२२ र जुन २०२३ मा क्याम्ब्रिजमा संचालित परिक्षाको श्रृंखलामा नेपालका माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक उपलब्धिका साथ दिइएकोे हो ।

नेपालका ४३ विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकोमा पुरस्कार पाएका छन् । उनीहरूलाई देशमा उत्कृष्ट भएको, समग्रमा राम्रो गर्ने र उच्च ग्रेड प्राप्त गरेकोमा मान्यता दिइएको थियो । उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कार कार्यक्रमले विश्वका ४० भन्दा बढी देशहरूमा क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनद्वारा लिइएको परीक्षामा सहभागी विद्यार्थीहरूको सम्मान गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्याम्ब्रिजमा अन्तर्राष्ट्रिय शिक्षाका लागि दक्षिण एसियाका क्षेत्रीय निर्देशक महेश श्रीवास्तवले भने,“हामीले गर्ने हरेक कुराको केन्द्रबिन्दु क्याम्ब्रिज शिक्षार्थीहरू हुन् । क्याम्ब्रिज शिक्षाको प्रत्येक तत्व–जस्तो पाठ्यक्रम, शिक्षण र सिकाइ, स्रोत र मूल्याङ्कन–शिक्षार्थीहरूलाई उनीहरूमा लुकेर रहेको क्षमता हासिल गरि जीवनलाई सफलता तथा समृद्धिले अभिभूत गर्न राम्ररी डिजाइन गरिएको हो ।”

ह्यारिएट गार्डनर, क्षेत्रीय परीक्षा निर्देशक, दक्षिण एसियाको उद्घाटन कार्यक्रममा मन्तव्य दिंदै भने, “मैले विद्यार्थीहरूको आँखामा उत्साह, जोश, महत्वाकांक्षा र सुन्दर भविष्यको प्रतिक्षामा रहेको देखें । यसले मलाई हामीले किन परीक्षाको निम्ति अध्ययन र प्रयास गरिरहेका छौं भन्ने कुराको स्मरण गराउँछ । चाहे क्याम्ब्रिज अन्तर्राष्ट्रिय परिक्षा होस वा आइइएलटीएस अथवा अरु युकेबाट प्राप्त योग्यताहरु, हामी यहाँ युवाहरुले पाएका अवसरहरुलाई सफलतामा परिणत गर्न समर्थन गर्न र तिनीहरुलाई आफ्नो सपना प्राप्ति, सीप र आत्मविश्वासको विकास र विश्व एक गाउँजस्तो भएको वर्तमान परिप्रेक्ष्यमा एकआपसमा जोड्न मद्दत गर्नु हो ।”

पुरस्कारले नेपालका विद्यार्थीहरूले क्याम्ब्रिज परीक्षा दिएका विश्वव्यापी हजारौं उम्मेद्वारहरूको तुलनामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्