काठमाडौं । काठमाडौं महानगरपालिका वडा ८ नवाली टोलमा रहेको सार्वजनिक जग्गामा बनेको घर भत्काइएको छ । करिब एक तला रहेको घरमा महानगर सहित स्काभेटरले घर भत्काइएको हो ।
उक्त घरको हकदावी गर्ने व्यक्ति कोही भए २४ घण्टा भित्र स प्रमाण उपस्थित हुन सुचना निकालेको र कोही पनि ब्यक्ति घरको हककर्ता रहेको प्रमाण नभएपछि सार्वजनिक जग्गामा रहेको घर भएकोले भत्काइएको वडा अध्यक्ष आशामान संगतले बताए ।
उनले वडा ८ भित्र रहेका सार्वजनिक सम्पत्तिहरूको उत्खनन सँगसँगै अनैतिक रूपमा निर्माण भएका घर टहराहरू भत्काउने कार्य तिव्र रूपमा अगाडि बढाइएको समेत बताए । उनले उक्त जग्गा करिब २ आना रहेको र एकजना हकदार बुढी आमाको देहावसान पश्चात् हकदावी गर्ने कोही नभएकाले सार्वजनिक जग्गा खाली गरिएको वडाअध्यक्ष संगतले बताए ।
कामपा वडा ८ ले पछिल्लो समय पाशुपति क्षेत्रका विभिन्न स्थानमा रहेको कुवा, इनार, पोखरी लगायतका मासिएका परम्परागत वस्तुहरूको खोजी तथा उत्खनन कार्य तिव्र रूपमा अगाडि बढाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्