Shikhar Insurance
National Life

१ अर्ब ३५ करोड बढीको दुध स्टक हुँदा भुक्तानीमा चुनौती

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १६:२५
Hyundai
NCELL
NIMB

काठमाडाैं । किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएका छन । मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन भएपनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो ।

संस्थानले मुलुकभरका दुध वितरण केन्द्रबाट संकलन भएको दुध प्रशोधनपश्चात बिक्री नहुँदा चालु पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको बताएको छ । संस्थानले दुध किसानहरुले भुक्तानी नपाउनुको कारण पनि दुधबाट बनाएको मखन लगायत पाउडर दुध किसानले पाउने भुक्तानी भन्दा बढी मूल्य बराबरको मौज्दात भएको कारण भुक्तानीमा समस्या आएको जनायो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौं,हेटौँडा,लुम्बिनी,नेपालगञ्ज,विराटनगर,धनगढी र चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी (१ हजार १५.५ मेट्रिकटन) पाउडर दुध स्टक रहेको दुग्ध विकास संस्थान काठमाडौंका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले बताए । उनले पाउडर दुध मात्रै नभएर मखन ७ लाख ६७ हजार १४४ केजी (७ सय ६७.१ मेट्रिक टन) मौज्दात रहेको बताए । उनले काठमाडौं दुध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दुध स्टकमा रहेको उल्लेख गरे ।

उनले मुलुकभर गरी १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक रहेको दाबी गरे । उनले दुध बिक्रीको लागि बजार बिस्तारको ठूलो सम्भावना भएपनि सबै ठाउँमा पु¥याउन नसकिएको बताए । उनले डिडिसीको दुध गुणस्तरको सुनिश्चितता भएकाले उपभोक्तामा लोकप्रिय रहेको बताए । उनले दुध खरिद बिक्री र संकलनमा अस्वस्थ प्रतिष्पर्धा हुँदा समस्या आएको बताए । उनले आयोजनासँग भएका मेसिनहरु जिर्ण भएकले पनि दुध प्रशोधनमा समस्या रहेको बताए ।

प्रमुख यादवले किसानलाई भुक्तानी गर्ने रकम भन्दा बढीको दुध मौज्दात हुँदा चालुपँजीको अभाव झेलिरहेको बताए । उनले पाउडर दुध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको पनि बताए । उनले राजनीतिक हस्तक्षेपका कारण पनि संस्थानलाई चुनौती रहेको बताए ।

उनले आयोजनासँग डेढ लाख लिटर क्षमताको दुध भण्डारण गर्नसक्ने क्षमता रहेको बताए । उनले ३ सय मेट्रिक टन मखन भण्डारण गर्नसक्ने क्षमता र ४ सय मेट्रिक टन पाउडर दुध भण्डारणको क्षमता रहेको बताए । उनले भने काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर छ । दुध संकलनको कार्य क्षेत्र

काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,धादिङ,रसुवा र चितवन हुन् । २०६ सहकारी संस्था आवद्ध छन् । १ लाख घरधुरीबाट दुध संकलन गरिन्छ । औसत दुध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिव ७० हजार लिटर दुध बिक्री हुन्छ । २५० कर्मचारीहरु रहेका छन् । आयोजनामा तीन थरिको स्टोर छ । प्याकेट दुध बनाएर स्टोर गछौं । त्यसको डेढ लाख लिटर क्षमता छ । मखन स्टोर गर्नसक्ने क्षमता ३ सय मेट्रिक टन छ । पाउण्डर दुध स्टोर क्षमता ४ सय मेट्रिक टन छ । सरकारले निर्धारण गरेको दुग्धको खरिद मूल्य ६५ रुपैयाँ रहेको छ ।

बजार बिस्तारको ठूलो सम्भावना भएको क्षेत्र काठमाडौं उपत्यका हो । प्राप्त बिक्रीको गर्ने क्षेत्र हुँदा पनि सबै ठाउँमा पु¥याउन सकेका छैनौं । गुणस्तरको सुनिश्चिता छ । गुणस्तरीय भएकाले डीडी दुध उपभोक्तामा लोकप्रिय पनि छ । आयोजनाहरुको केही चुनौतीहरु पनि छन् । दुध खरिद बिक्री र संकलनमा प्रतिष्पर्धा छ । अस्वस्थ प्रतिष्पर्धा छ । मेसिनहरु जिर्ण भएका छन् । प्राप्त चालुपँजीको अभाव छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्