काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज (चैत ९) गते कम्पनीका कम्पनीको केन्द्रिय कार्यालय थापाथलीमा सम्पन्न भएको हो ।
सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ । साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले संस्थापक सेयरधनीबाट ३ जना र सर्वसाधारणबाट १ जना संचालकको निर्वाचन गरेको छ । कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने एजेण्डालाई पनि सभाले पारित गरेको छ ।
सभामा बोल्दै कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डेले कम्पनीका बीमितहरुको दाबी भुक्तानीलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको र लाभांशमा विशेष जोड दिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्