काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारामा बस्ने गरी सभा बोलाएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७८/७९र २०७९/८०वार्षिक प्रतिवेदन उपर छलफल गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेबारे सभामा छलफल हुने कम्पनीले जनाएको छ ।
साथै, सभा प्रयोजनका लागि चैत १८ गते १ दिनका लागि कम्पनीले सेयर दाखिल (किताब बन्द) गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्