Skip to content
Shikhar Insurance
National Life

आईएमई पे र वान प्वाइन्ट फाइनान्सियलबीच एपिआइ इन्ट्रीगेसनमा सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । ‘आईएमई पे’ लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउने समझदारी भएकाे छ । आईएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेल र वान प्वाइन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रताप श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ‘आईएमई पे’लाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्ने, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउँन सोही रेमिट स्विच मार्फत ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने, आईएमई लिमिटेड मार्फत प्रदान गरिने एपिआइको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने कम्पनीले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपिआइ स्ट्याण्डर्ड प्रणालीलाई पहिलो पटक आईएमईले वान प्वाइन्टसँगको सहकार्यमा नेपालमा सुरु गरेको हो । यस मार्फत एपिआइ  इन्ट्रीगेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्ट्रीगेसन प्रक्रियामा अगाडि बढ्न सक्ने कम्पनीले जनाएकाे छ ।

‘आईएमई पे’ लिमिटेडका सीईओ खिलेन्द्र पौडेलले वित्तीय सेवा तीव्र डिजिटलाइजेसनकाे अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिट्यान्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्