काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।
बुधबार संसद भवन परिसरमा कुरा गर्दै उहाँले काँग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा काँग्रेसले ४ वर्षै संसद अवरोध गरे पनि केही फरक पर्दैन भन्ने हिसाबले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।
उनले काँग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताए । उनले काँग्रेसको माग अनुचित नरहेकाले छानबिन गर्ने निकायको प्रमुख भएर आफूमाथिका आरोपहरु निष्पक्ष छानबिन हुन नसक्ने बताए । उनले संसदीय समिति वा न्यायिक समितिहरु गठन हुनुपर्ने बताए । उनले राजीनामै काँग्रेसको पूर्वशर्त नरहेको उल्लेख गर्दै स्वार्थ नबाझिने गरी छानबिन गर्न माग गरेको बताए ।
उनले भने हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका छौँ । यो कुनै अनुचित होइन ।
जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, त्यसैले छानबिन गर्ने कुरा गाह्रो हुन्छ । निष्पक्ष छानबिन हुनुपर्छ । संसदीय समिति बन्नुपर्छ । संसदीय समिति वा न्यायिक समितिहरु पहिला पनि बन्दै आएका हुन्, सहजै बनेको हो । हामीले अहिले राजीनामैलाई पूर्वशर्त त बनाएका छैनौँ ।’ उनले गलत काम नगरेको भए छानबिन गर्दा समस्या नहुने बताए ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्