Shikhar Insurance
National Life

सरकारले गरिबी घटाउँछ, शुन्यमा झार्नेगरी काम गर्छ : ओली

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १६:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गर्ने बताएका छन् । अघिल्लो सरकारले गरिबी ३ प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शुन्यमा झार्ने सरकारको योजना हुने पनि बताएका हुन् ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिबीलाई शुन्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले चीनले गरिबी शुन्यमा झारेको दृष्टान्त पेश गर्दै आफूहरुले पनि त्यसै अनुसार काम गर्ने बताए । विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरु सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको ओलीले जिकिर गरे ।

उनले जनताको दुःख,कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको र त्यसैलाई निरन्तरता दिनेगरी आगामी दिनमा पनि काम गर्ने बताए । अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरुलाई साथमा लिएर अघि बढन पनि पार्र्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए

उनले भने, अहिले सरकार परिवर्तन भएको छ । हामीले सरकार छोडेको २, अढाई वर्षमा हामीले गरिबी १७ प्रतिशतमा झारेका थियौं । तर त्यो १७ प्रतिशतबाट अहिले फेरि २०.२६ प्रतिशतमा गरिबी बढ्यो । फेरि माथि गयो । त्यसलाई घटाउनुछ । शुन्यमा झार्नुछ । यही हाम्रो छिमेक चीनले गरेको छ । समाजवाद र समाजवाद उन्मुख भनेको त्यही हो । एउटा जिम्मेवार सरकार, जनता हेर्ने सरकार, जनताको समस्या देख्ने सरकार । हामीले किन सडक बालबालिकालाई उठायौ । उनीहरु हाम्रो छोराछोरी खाते भएर बस्न सक्दैनन् ।

हामीले ज्येष्ठ नागरिकहरुको व्यवस्था, एकल नागरिकहरुको व्यवस्था ग¥यो । त्यो सहारा नहुनेहरुका लागि गरिएको हो । जिम्मेवार सरकारको भावना हामीले देखाएका थियौं । समाजवाद उन्मुख भएको त्यही हो । जनताको दुःखकष्ट हरण गर्ने हो । पैतालामा बिझेको काँडा निकाल्ने हो । ठूला कुरा मात्रै गर्ने होइन नि । त्यो काम हामी हुँदा गरेका थियौं ।’

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्