Shikhar Insurance
National Life

सीजी ब्रान्डले सुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १३:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सीजी ब्रान्डले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूका लागि अन्तरक्रियात्मक डिजिटल बोर्ड अथवा स्मार्ट बोर्ड शुरु गरेको छ । ब्रान्डले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न अन्तरक्रियात्मक डिजिटल बोर्ड सुरु गरेको हो ।

अन्तरक्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहुच योग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागि उपयूक्त वस्तु प्रमाणित हुन सक्ने कम्पनीले जाएको छ । इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने, प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससँग अन्तरक्रिया गर्न पनि सकिन्छ । बोर्डमा रिजोल्युसन, वायरलेस स्क्रिन टच, एन्ड्रोइड ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरू सहित ६५, ७५ र ८६ इन्चमा उपलब्ध छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिड्ड हल र घरमा पनि उपयोगी छ, जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन्। रिमोट लर्निङसग मिल्दो, अन्तरक्रियात्मक डिजिटल बोर्डले माइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरु संग सजिलै जोडिन सक्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्