काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ कार्यक्रम संचालन गरेको छ । बैंकले काभ्रे पाँचखाल नगरपालिकामा रहेको सर्वमंगला माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा बैंकका उप महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले वित्तीय साक्षताका सम्बन्धमा बैंक, बैंकका सेवाहरु, विद्युतिय बैंकिंग सेवा, कर्जा, निक्षेप, एजेन्सि सेवा लगायत अन्य विषयका बारेमा जानकारी दिए । विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोबार गर्दा हुने फाईदा, विद्युतिय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्बन्धमा जानकारी दिए ।
बैंक तथा वित्तीय संस्था मार्फत कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्रा (ग्रेट मनी) का माध्यमबाट वातावारण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्धेश्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्