Shikhar Insurance
National Life

झापमा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १६:३६
Hyundai
NCELL
NIMB

झापा । कनकाई नगरपालिकाका किसानले करिब १ करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् ।नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै १ करोड ५० लाख बराबरको तरकारी उत्पादन भएको कनकाइ नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिएका हुन् ।

विभिन्न किसान समूह बनाएर ‘आइपीएम’ तालिम दिएका छौँ उनले भने तालिम लिएसँगै किसानले तरकारीखेती गरिरहेका छन् । विषादीको प्रयोगले उपभोक्तामा गम्भीर असर पर्ने थाहा पाएसँगै यहाँ किसान विषादीरहित तरकारी उत्पादन लागेको उनको भनाइ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगरपालिकाले दिएको तालिमले किसानले गुणस्तरीय र विषादिरहित तरकारी उत्पादन गर्न सक्षम हुनुका साथै कार्यालय स्थापना गरेर कृषिकर्ममा लाग्न सक्षम भएको उनले जानकारी गरे ।

विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन हुन्छ भन्ने विशवास बढेको उनले बताए । विषादीरहित तरकारी उत्पादन भएसँगै बजारको अभाव नभएको उनको भनाइ रहेको छ । जहाँ–जहाँ विषादीरहित तरकारी उत्पादन हुन्छ, त्यो ठाउँमा व्यापारी गाडी लिएर पुग्ने गरेका छन् कृषि शाखा प्रमुख उप्रेती भन्नुहुन्छ, “जसले किसानलाई तरकारी उत्पादनमा थप ऊर्जा मिलेको छ ।

सरकारले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतसम्म रहे खानयोग्य भने पनि अनुगमनका क्रममा चारदेखि दुई प्रतिशत मात्र विषादीको मात्रा पाइएको नगर कृषि शाखाले जनाएको छ । नगरले कृषि समूह बनाएर तालिम दिने गरेको छ ।

हालसम्म सात वटा कृषि समूहले २१ बिघामा तरकारीखेती गरिरहेका छन् भने चार वटा कृषि समूह गठनको तयारी भइरहेको छ । नगरले नमुना खेतीका लागि आवश्यक बीउ, मल, प्राविधिक सहयोग गरिरहेको छ ।

यस वर्ष नगरले दिएको पाँच मन बीउ आलुको बीउबाट किसान समूहले एक सय २५ मन आलु फलाएका छन् भने गोलभेडा, बन्दा, लहरेबाली, काँक्रा, लौका, गाँजर, आलुलगायतका तरकारीखेती पनि गरिरहेका छन् । विषादीयुक्त खाद्यवस्तुले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएकाले नगरलाई विषादीमुक्त बनाउन नगरपालिकाले योजना नै बनाएर अघि बढेको नगर प्रमुख राजेन्द्र पोखरेल बताए ।

मानव जीवनका लागि अत्यावश्यक वस्तु नै विष सरह बन्दै गएको छ उनले भने समृद्धिको महत्वपूर्ण सूचक स्वास्थ्य हो, स्वस्थ्य हुन स्वस्थ खाना चाहिन्छ, त्यसका लागि कृषि क्षेत्रलाई विषादीमुक्त बनाउन जरुरी छ, हाम्रो अभियान पनि त्यही हो ।

नगरमा सिँचाइ सुविधा वृद्धि गर्न प्रत्येक वर्ष सिँचाइ मोटर वितरण गर्दै आएको छ । गतवर्ष ५० लाखको सिँचाइ मोटर वितरण गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा करिब ७० लाखको सिँचाइ मोटर खरिदका लागि प्रक्रिया अघि बढाएको छ । कनकाईमा करिब २ हजार पाँच सय बिघा खेतीयोग्य जमिन रहेको कृषि शाखाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्