काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ मा पुगेको हो ।
सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४ सय २४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८ रुपैयाँ कारोबार भएको छ ।
आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । गोर्खाज फाईनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्सपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमा सर्किट लागेको छ ।
साथै, मिड सोलु हाईड्रोपावर लिमिटेडको ७.१४ प्रतिशत, हिमालयन हाईड्रोपावर लिमिटेडको ५.२३ प्रतिशत सहित १७६ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्