Shikhar Insurance
National Life

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई पनि छानविन गर्नुपर्छः गगन थापा

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १२:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछाने माथि पनि छानविन गर्नुपन बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले १ करोड रुपैयाँ गैरकानूनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउने बताए ।

उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने जानकारी गरे । उनले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गरे । उनले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गरे ।

उनले भने पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ । पोखरा महानगरपालिकाले अध्ययन ग¥यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो । रिपोर्टले भन्यो सय जना मानिसहरुले नक्कली खाता खोलेर करिव १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८औं पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरु मध्येको एउटा नाम हो रवि लामिछाने । माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ ।
शुभकामना छ, बन्न पनि सक्नुहुन्छ । अलग विषय हो ।

तर रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ । सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानूनी छ । मैले उहाँको स्पष्टिकरण सुने । ३ मिनेट २० सेकेण्डको थियो । मैले राम्रो सँग सुने, पढेँ पनि । स्पष्टिकरणमा भनिएको छ, कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन । सहकारीको सदस्य होइन, कसैले मेरो नाम लग्यो होला । यदि यस्तै मान्ने हो भने सय जना नै मानिसहरुले एक अर्ब रुपैयाँ लगेको प्रकृति ठ्याक्कै यही हो । कसैको धितो छैन ।

कोही सहकारीको सदस्य होइन । कुनै प्रक्रिया पु¥याइएको छैन । एक अर्ब झ्वाम्म । यसरी छोड्दिने हो भने एकजनालाई मात्रै छोडेर हुँदैन अब । सबैलाई छोड्नुपर्छ । एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छोड्नुपर्छ । सरकार यही गर्न तयार हो ?

उनले भने नक्कली भूटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देखापरेका सबै प्रकारका भ्रष्टाचारका घटनाहरुको छानविन गरी दोषिलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

न्युज एजेन्सी नेपाल

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्