काठमाडौं । नेपालमा उद्योग स्थापना गरेका मल्टिनेश्नल कम्पनीहरुको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु वर्ष कम्पनीहरुले कम नाफा विदेश लगेका हुन् ।
चालु वर्षको ८ महिनामा मल्टिनेश्नल कम्पनीहरुले १० अर्ब ५८ करोड रुपैयाँ लाभांस, रोयल्टी र सेवा शुल्क वापतको रकम लगेका छन् । अघिल्लो वर्ष यसै शिर्षकमा कम्पनीहरुले १५ अर्ब ५४ करोड लाभांस लगेका थिए ।
चालु वर्षको ८ महिनामा रोयल्टी वापतको १ अर्ब ५३ करोड ५७ लाख रुपैंया विदेशी कम्पनीले लगेका छन् । अघिल्लो वर्ष यो शिर्षकमा २ अर्ब ८८ करोड रकम लगेका थिए ।
पोहोरको तुलनामा यो वर्ष ३३ प्रतिशतले लाभांस, रोयल्टी र सेवा शुल्कमा गिरावट देखिएको हो । उद्योग विभागको तथ्यांक अनुसार नेपालमा काम गरिरहेका मल्टिनेश्नल कम्पनीको नाफामा पनि गिरावट देखिएको हो ।
कम्पनीहरुले साउनदेखी फागुनसम्ममा १० अर्ब २६ करोड लाभांस लगेका छन्, पोहोर यो शिर्षकमा १३ अर्ब ४५ करोड लाभांस लगेका थिए ।
चालु वर्ष वैदेशिक लगानी प्रतिबद्धता २९ अर्ब १३ करोड पुगेको छ । २ सय ५३ वटा उद्योगमा सो बराबरको लगानी प्रतिबद्धता आएको हो । हालसम्म ६१ सय १२ वटा उद्योगमा वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जसबाट ४ खर्ब ७९ अर्ब १० करोड बराबरको प्रतिबद्धता आएको छ ।
प्रतिक्रिया दिनुहोस्