काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव एवम् कतारका सफल व्यावसायी प्रविन गुरुङ संयुक्त राष्ट्र संघमा सम्मानित भएका छन् ।
शुक्रवार राष्ट्र संघ मुख्यालय न्यूयोर्कमा आयोजित एक समारोहमा गुरुङलाई लैंगिक समानता र सामाजिक शसक्तिकरणमा उल्लेख्य योगदान दिएवापत सम्मान गरिएको हो । राष्ट्र संघको कमिसन अन द स्टाटस अफ वुमनको ६८ औं सेसनमा उनलाई गैर आवासीय नेपाली संघमार्फत गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
‘यो सम्मान समस्त गैर आवसीय नेपालीहरुको सम्मान हो’ गुरुङले भने । सम्मान पछि बोल्ने क्रममा गुरुङले आप्रवासी महिला कामदारहरुले भोग्नुपरेका समस्या र लैगींक असमानताको बारेमा चर्चा गरेका थिए ।
उनले एनआरएनएले युएनसङ्गको सहकार्यमा कोरोनाकालमा गरेका कामहरुको स्मरण गर्दै आगामी दिन थप सहकार्यको लागि आग्रह गरे । गैर आवसीय नेपाली संघको इतिहासमा युएन कमिसनबाट सम्मानित हुने गुरुङ पहिलो पदाधिकारी हुन् ।
गुरुङले उक्त सम्मानले आफूलाइ थप सामाजिक कार्यमा उत्साह जागेको बताए ।
प्रतिक्रिया दिनुहोस्