काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी तुलसी प्रसाद पोखरेलको नाममा रहेको ५६ हजार ५ सय ८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले प्रति सेयरको न्यूनतम मूल्य १ सय ५ तोकिएको छ । संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभएको कारणले गर्दा सर्वसाधारणका लागि कम्पनीले सेयर बिक्रीमा ल्याएको हो ।
सो सेयर खरिद गर्न ईच्छुक सर्वसाधारणहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्रमा बैंकको केन्द्रीय कार्यलय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्