काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले फागुन ३० गते सेयर बाँडफाँड सम्पन्न गरेको हो ।
कम्पनीले पौष २१ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) सेयरको अनुपातमा प्रति सेयर १ सय रुपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन गरिएको छ ।
सोमध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २ सय जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४ सय ६१ कित्ता हकप्रद सेयर फागुन ३० गते निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितिले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले सो बाँडफाँडलाई स्वकृती प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्