Shikhar Insurance
National Life

जुम्लामा श्रमदानबाट स्याउका बिरुवा उत्पादन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १७:१३
Hyundai
NCELL
NIMB

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले श्रमदानबाट स्याउका बिरुवा उत्पादन गर्ने अभियान सुरु गरेको छ । यसका लागि गाउँपालिकाले प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान गर्दै आएको छ ।

पालिकाको आफ्नो परिसरमा बिरुवा उत्पादनको काम भइरहेको र यस कार्यलाई अभियानका रुपमा प्रभावकारी बनाइने पनि पालिकाले जनाएको छ । श्रमदानअन्तर्गत पालिका परिसरभित्र तत्कालका लागि ६५ वटा स्याउका बिरुवा रोपिएको र यो अभियानलाई अझै बढाउँदै लगिने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पालिकाको श्रमदानबाट स्थानीय जातका स्याउका बिरुवा लगाउने काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । पालिका परिसरको वातावरण हरियाली बनाउने र अबको पाँच वर्षपछि सेवा लिन आएका सेवाग्राहीलाई स्याउ टिपेर खानसक्ने गरी बिरुवा रोपिएको छ ।

अध्यक्ष चौलागाईंले भने हामीले विभिन्न क्षेत्रमा श्रमदान गरी काम गरिरहेका छौँ । श्रमदानले टुक्रे योजनामा लगानी गर्नुपर्ने रकम बचेको छ । यस पटकको श्रमदानबाट गाउँपालिका परिसरको जमिनमा स्याउका बिरुवा रोपिएको हो ।

पहिलो चरणका स्याउका बिरुवा रोप्न उच्च अदालत सुर्खेत इजलास जुम्लाका न्यायाधीश जगदीश घिमिरे, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवाल, गाउँपालिकाका अध्यक्ष चौलागाईं, उपाध्यक्ष रेवती रावल, वडा अध्यक्षहरु, कर्मचारी, शिक्षक र पत्रकारहरु उपस्थित रहेका थिए ।

गाउँपालिकाले श्रमदान अभियानबाट बाढी पहिराले भत्केका तथा पुरिएका सिँचाइ कुलो, मठमन्दिर, प्रतीक्षालय र बाटोघाटो निर्माणको काम विगत नौ महिनादेखि गर्दै आएको छ । स–साना योजना श्रमदान अभियानमार्फत निर्माण तथा मर्मत गर्दा स्थानीय सरकारको रकम बचत भएको अध्यक्ष चौलागाईंको भनाइ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्