Shikhar Insurance
National Life

केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार ११:४०
Hyundai
NCELL
NIMB

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युत्विहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएको हुन् ।

विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको सिरिजङ्गा –६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक मानप्रसाद भट्टराईले बताए । विद्यत्गृह पहिराले बगाएसँगै मामाङ्खे गाउँ विद्युतविहीन भएको हो । उनका अनुसार घरपरिवारले सोलर प्यानल खरिद गरेर प्रयोग गरिएका छन् भने आर्थिक अवस्था कमजोर परिवार भने सोलारसमेत खरिद गर्ने अवस्था नभएकाले अँध्यारोमा बस्न बाध्य भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केही घरपरिवारले भने मट्टितेल प्रयोग गरेर टुकीको प्रयोग गरेको शिक्षक भट्टराईलले जानकारी गरे । गत २०७९ साल असार २ गते रात अविरल वर्षासँगै गएको पहिराले विद्युत्गृह बगाएको सिरिजङ्गा –६ मामाङ्खेका वडाध्यक्ष शुक्रराज माबोले बताए । उनका अनुसार खाकसेवा खोलाबाट ७५ किलोवाटको लघु जलविद्युत् आयोजनाले सिरिजङ्गा –५ पेदाङ र ६ मामाङ्खे गाउँमा छ सय घरले उपभोग गर्दै आएको थियो ।

पहिराले लघु जलविद्युत्गृह बगाएसँगै अन्धकारमा बस्न बाध्य भएको खाकसेक्वा खोला लुघजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले जानकारी दिए । सोही बखत पहिराले गर्दा उक्त गाउँपालिकामा २ जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरूपमा विस्थपित हुन पुगेका थिए ।

पहिराले विद्युत्गृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा अन्धकारमा बस्न बाध्य हुनुपरेको मामाङ्खेका स्थानीय सिङ्गवीर लिम्बूले बताए । गाउँमा आपतविपत् पर्दा र मानिस बिरामी पर्दा बिजुली बत्तीको अभावले बढी समस्या हुने गरेको उनको भनाइ रहेको छ । मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तसँग सञ्चार सम्पर्क गर्न समस्या हुँदै आएको मामाङ्खेका सुने लिम्बूले बताए । लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको स्थानीयवासीको गुनासो छ ।

विवाहलगायतका सार्वजनिक कार्यमा बिजुली बत्ती नभएपछि जेनेटरको प्रयोग गरेर काम चलाउँदै आएको स्थानीय हर्क माबोले बताउनुभयो । जेनेटर प्रयोग गरी बत्ती बाल्दा धेरै खर्चीलो हुने गरको स्थानीयको भनाइ छ ।

विद्युत्गृह राख्ने ठाउँ नै नरहने गरी पहिरोले बगाएर लगेकाले अब त्यस ठाउँमा पुनः विद्युत्गृह निर्माण गर्न समस्या भएको खाकसेक्वा खोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष माबो बताए । माबोले भने हामीले बनाउने भनेर प्राविधिक पनि बोलाएर सर्वेक्षण गर्यौँ तर ठूलो खर्च लाग्ने प्राविधिकले हिसाब निकाले । गाउँपालिकाले उपलब्ध गराएको बजेटले नपुग्ने भएपछि त्यत्तिकै छाड्यौँ । अन्य ठाउँबाट विद्युत् निकालौँ भने खोला छैन ।

वडाध्यक्ष माबोका अनुसार मामाङ्खे गाउँमा विद्युत् प्रविधिक बोलाएर विद्युत् निकाल्न सर्भे गरे पनि सर्भेबाट २ करोडभन्दा बढी खर्च लाग्ने भएपछि प्रत्येक घरपरिवारबाट सङ्कलन गर्दा पनि नपुग्ने भएपछि विद्युत्गृह बनाउनबाट पछि सरेको हो । विद्युत्गृह पुनःनिर्माण गर्न ठूलो बजेट लाग्ने भएपछि प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको वडाध्यक्ष माबोले बताए ।

पहिराले बगाएको विद्युत्गृह पुनःनिर्माण नगरी राष्ट्रिय प्रसारणमा विद्युत् लाइन जोड्ने पेदाङवासीले योजना बनाएको खाकसेक्वा खोला लघुजलविद्युत् पेदाङ उपभोक्ता समितिका अध्यक्ष भोला भट्टराईले बताए ।

खोलाले बगाएको स्थानमा पुनःनिर्माण गर्न धेरै खर्च लाग्ने भएकाले राष्ट्रिय प्रसारण लाइन यहाँ जोड्न लागिएको छ उनले भने राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि पोल गाड्ने, तार तान्ने काम हुन लागेको छ । छिट्टै नै पेदाङ गाउँ अँध्यारोमुक्त गाउँ हुन्छ । पहिराले बगाएको विद्युत्गृह मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन छिट्टै ल्याउन पहल भइरहेको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्