काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ५५ हजार ७ सय ४१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिदको पहिलो हकदार बिद्यमान संस्थापक सेयरधनीहरु रहेका छन् । संस्थापक सेयरधनीहरुबाट सेयर बिक्री नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सो सेयर बिक्री खुल्ला गर्ने बैंकले जनाएको छ ।
साथै, सेयर खरिद गर्न इच्छुकहरुले आवश्यक कागजात सहित बैंकको सेयर शाखा लाजिम्पाटमा आईपुग्ने गरी निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्