Shikhar Insurance
National Life

बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक छ : भगवती चौधरी

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकी छन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।

उनले बाल सुधार गृहको मौजुदा अवस्था अवलोकन गरी नीतिगत परिमार्जनलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताईन् । “मन्त्रालयले नीतिगत परिमार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ । मन्त्रालयले बाल सुधार गृहको मौजुदा व्यवस्था अवलोकन गरी यस क्षेत्रका समस्या निराकरण गर्न नीतिगत सुधार गर्न पहल गर्छौं नीतिगतरुपमा स्पष्टता ल्याउँछौँ । स्थानीय तहसँगको समन्वयनमा यस क्षेत्रका शिक्षा, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधानलाई प्रभावकारिता बनाउनेतर्फ मन्त्रालय सजग छ ।”चौधरीले भनिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बाल सुधार गृहको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयले गरिरहेका काम कारबाहीका सन्दर्भमा समितिले महिला, कानुन, न्याय तथा संसदीय र शिक्षा, विज्ञान तथा प्रविधिलगायतका मन्त्रालयलाई आमन्त्रण गरेको थियो । समिति सभापति किरणकुमार साहले बाल सुधार गृहमा भएका तोडफोड, झडपका घटनाप्रति समितिले चासो देखाउँदै अवलोकन गरेको बताए । अवलोकनका क्रममा सुधार गृहले न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेकाले बालबालिकाका संवेदनशील विषयमा सम्बन्धित पक्ष समस्या समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

समितिका सदस्य शोभा ज्ञवालीले बाल सुधार गृह विषयमा समितिले गरेका निर्णय, निर्देशनको कार्यान्वयन फितलो रहेको बताउँदै बाल सुधार गृहका बालबालिकाको उमेर समूह छुट्याएर राख्नुपर्नेमा जोड दिए । सांसद सिताकुमारी रानाले बाल सुधार गृहमा रहेको बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था नाजुक रहेकाले मन्त्रालय तत्काल समाधान गर्न पहल गर्नुपर्ने बताईन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्