Skip to content
Shikhar Insurance
National Life

भक्तपुरका अस्पतालमा अक्सिजनको चरम अभाव, अक्सिजन नपाएर दुई सङ्क्रमितको मृत्यु

Hyundai
NCELL
NIMB

काठमाडौं । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको मिजारको भनाइ थियो । मिजारले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको मिजारले जानकारी दिए । एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्