काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारुढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्ने बताएका छन् । मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले वर्तमान सत्तारुढ गठबन्धनको सहयात्राले देशमा देखापरेको राजनीतिक संकटको हल गर्ने बताएका हुन् ।
उनले देशमा अहिले आर्थिक संकट र राष्ट्रियताको संकट पनि भएको उल्लेख गर्दै ति सबै संकट समाधानकालागि नयाँ सहयात्रा आरम्भ भएको उनले बताए ।
उनले अर्थतन्त्रको पुरानो लय र दिशा बदलेर मात्रै देशको अर्थतन्त्रको संकट समाधान गर्नसक्ने बताए । उनले भने,हाम्रो देश यतिबेला आर्थिक रुपमा संकटबाट गुज्रिरहेको छ । राष्ट्रियताको हिसावले पनि संकटबाट गुज्रिरहेको छ । मुख्यतः राजनीतिक हिसावले पनि संकटबाट गुज्रिरहेको छ । सायद यो कुरालाई आत्मसात गरेर एउटा नयाँ कोर्ष, नयाँ यात्राको थालनी भएको छ । यो राजनीतिक रुपमा शुरु भएको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्छ । हामीले लामो समयदेखि नेपालको अर्थतन्त्रको एउटा लय, बाटो र दिशा समात्यौँ । त्यो दिशालाई बदलेर उत्पादनमा वृद्धि र रोजगारी सृष्टिको दिशा बनाएर अगाडी जाँदा नै यो देशको अर्थतन्त्रको संकट समाधान गर्नसक्छौँ ।
उनले देशको राष्ट्रियतालाई बलियो बनाउनको निम्ति राजनीतिक दलहरु पनि बलियो हुनुपर्ने बताए ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्