काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले बुक क्लोज गर्ने आज अन्तिम दिन रशेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले भोली बुक क्लोज गर्ने भएको हो ।
सभा चैत १६ गते धुलिखेल लज रिसोर्ट, धुलिखेल–काभ्रेपलाञ्चोक बिहान १० ३० बजेदेखि १०औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७।५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७।५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले ६ लाख ६९ हजार ९००।२७ कित्ता एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रीताव पारित गर्नेछ। साथै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्