Shikhar Insurance
National Life

नेपाली महिला फुटबल खेलाडीको सफलता साह्रानीय : गगन थापा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार १७:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् ।
लोयल्टी एकेडेमीले सोमबार मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो ।

उनीहरूलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र लोयल्टीका संस्थापक विजय साम्बाहाम्फेले सम्मानपत्र र नगदसहित सम्मान गरे । लोयल्टीले ३ लाख ६१ हजार ८ सय रुपैयाँ बराबरको नेपाली महिला टोलीलाई सम्मान गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महिला दिवस अवसर पारेर विद्यालयले महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप महिला फुटबलर सम्मान ग¥यो ।
लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप पाँच हजार रुपैयाँ प्रदान गरेको हो । सो प्रतियोगितामा नेपालकी साबित्रा भण्डारी सर्वाधिक (९ गोल) गोलकर्ता हुन् ।

विद्यालयले साबित्रालाई ५५ हजार रुपैयाँसहित सम्मान ग¥यो । सोही टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक उज्वल मानन्धर, गोलकिपर प्रशिक्षक उज्वल मानन्धरसहित टिमका बाँकी अफिसियललाई पनि जनही पाँच हजार एक सय रुपैयाँसहित सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले आममानिसलाई पनि खुशी मिल्ने आशा व्यक्त गरे । उनले खेलाडी बनेर नेपालमा केही गर्छु भन्न कठिनाई रहेको अवस्थामा नेपाली महिला खेलाडीको यो सफलता साह्रानीय रहेको धारणा राख्य ।

थापाले गत फेब्रुअरी २९ मा साउदी अरेबियामा सम्पन्न नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदा उपाधिविमुख भएको थियो । च्याम्पियनसिपमा अतिथि टोलीका रूपमा सहभागी नेपालले फाइनलबाहेक अन्य खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्