Shikhar Insurance
National Life

एमाले उपमहासचिव ज्ञवालीको स्वीकारोक्ति : सत्तारुढ गठबन्धनलाई टिकाउने चुनौति छ

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार १३:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गरेका छन् ।

नयाँ सत्ता समिकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनै पनि खालको वाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता समिकरण बनेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समिकरणलाई टिकाउने कुरा चुनौतिको रुपमा रहेको समेत स्वीकार गरे । उनले वाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए ।

उपमहासचिव ज्ञवालीले भने, गएको १ वर्षमा देशले धेरै नै मूल्य चुकायो । पछिल्लो समय नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री स्वयंले त्यो बोध गर्नुभयो कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन भनेपछि हामीले गरेका केही सचेतन प्रयासहरु र उहाँहरु भित्र पनि अब नेपाली काँग्रेससँगको सहकार्य सुविधाजनक छैन । यसले कुनैपनि परिणाम दिँदैन भन्ने भएपछि उहाँहरु पनि नयाँ सहकार्यमा जोडिन तयार हुनुभयो ।

अब विगतमा भन्दा तपाईहरुले देख्नुहुन्छ–यो सहकार्यका निम्ति कुनै वाह्य शक्तिहरुको दौडधुप भएको देखिएन । एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो । भन्नुको तात्पर्य चाहीँ यो स्वदेशकै पात्रहरुले, स्वदेशकै प्लेयरहरुले निर्माण गरेको एउटा सहकार्य हो । यो संकट र यो निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई केन्द्रविन्दुमा राखेर हामी अगाडि बढिरहेका छौं ।’

GBIME

प्रतिक्रिया दिनुहोस्