काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनप्को बोनस सेयर सूचीकृत भएको छ। आइतबार मुक्तिनाथ विकास बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनस बापतको ६२ लाख ६० हजार ३ सय ७७ कित्ता सेयर सूचीकृत भएको छ।
आरडीसी लघुवित्तको ८.६ प्रतिशत बोनस बापतको ७ लाख ४७ हजार ८ सय २८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
साथै, नेपाल एसबिआई बैंकको ३.७५ प्रतिशत बोनस बापथको ३७ लाख ९५ हजार २ सय ३५.७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएके छ ।
अब कम्पनीहरूको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्