Shikhar Insurance
National Life

निर्माण सामाग्रीको मूल्य साढे ५ प्रतिशतले सस्तियो, कस्ता छन् अन्य सूचक ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १५:३६
Hyundai
NCELL
NIMB

काठमाडौं। निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीको व्यापारमा गिरावट आएसँगै मूल्यमा पनि गिरावट आएको  छ  । अघिल्लो वर्षको तुलनामा कम्पनीहरुले ५.३२ प्रतिशतले मूल्य घटेको हो ।

सामान्य अवस्थामा वस्तु तथा सेवाको मूल्य अघिल्लो वर्षको तुलनामा बढ्दै जानु पर्ने हो । तर सिमेन्ट तथा डन्डीको मूल्यमा भने गिरावट आएको हो। अहिले सरकारले पुँजिगत खर्च गर्न नसक्दा निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरु समस्यामा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक अवस्थामा निर्माण सामाग्रीको मूल्य घटेको देखिएको हो। बैंकको तथ्यांक अनुसार माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ ।

दाल तथा गेडागुडीमा मुद्रास्फीति ११.१५ प्रतिशत छ। यस्तै दुग्ध पदर्थ तथा अण्डाको १०.७८ र खाद्य जन्य पदार्थको ९.०६ प्रतिशत छ। यसैगरी तरकारीमा ७.५८ प्रतिशत मुद्रस्फीति छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्