Shikhar Insurance
National Life

२२.१० अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २२.१० अंकले बढेर २०५२.६५ को बिन्दुमा पुगेर बजार बन्द भएको हाे ।

आज ३०४ कम्पनीको ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ ९१ पैसाको बारोबार भएको छ । आइतबार सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँ १० पैसाको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय ३७ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज ४६ कम्पनीको सेयर मूल्य घट्दा १९४ कम्पनीको बढेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ, भने चिरख्वा हाइड्रोपावरको सेयर मूल्य घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्