काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)पसिुचक २२.१० अंकले बढेर २०५२.६५ मा पुगेको हो ।
आइतबार ३०४ कम्पनी ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.०० प्रतिशत, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.०० प्रतिशतले सर्किट लागेको हो ।
माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.७२ प्रतिशत, सपोर्ट माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडको ८.७१ प्रतिशत सहित २३० कम्पनीेको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्