Skip to content
Shikhar Insurance
National Life

कञ्चनपुर भन्सार कार्यालयको एक्सरे मेसिन ४ वर्षदेखि प्रयोगविहीन

Hyundai
NCELL
NIMB

कञ्चनपुर । कञ्चनपुरमा पर्ने गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छ । वि.सं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको उक्त मेसिन चार वर्षदेखि प्रयोगविहीन बनेको हो ।

भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्सरे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बन्दै जानुका साथै नाकामा यात्रुले अनावश्यक सास्ती खेप्नु परेको छ । १ करोड रुपैयाँ भन्दा बढी खर्च गरेर एक्सरे मेसिन जडान गरिएको भन्सार कार्यालयले जनाएको छ ।

मेसिन जडानपछि भारतबाट घर फर्किने नेपाली कामदार, नाका भएर नेपाल प्रवेश गर्ने पर्यटक तथा दैनिक उपभोग्य सामग्री किन्न सीमावर्ती भारतीय बजार जानेको नियमित जाँचमा सहज हुने अनुमान गरिएको थियो ।

मेसिन जडानपछि करिब १ वर्षसम्म सेवा प्रदान गरिएको भन्दै दक्ष जनशक्तिको अभाव, लामो समयदेखि बन्द हुनु, मेसिन जीर्ण बन्दै गएकाले पुनः सञ्चालनमा ल्याउन नसकिएको भन्सार कार्यालयका सूचना अधिकारी तेजबहादुर रावलले जानकारी दिए । एक्सरे मेसिनमा खराबी आएपछि प्रयोगमा ल्याउन सकिएको छैन  उनले भने मेसिन पुनः सञ्चालनका लागि विभागमा पत्राचार गरिसकेका छौँ ।

भन्सार कार्यालयले मेसिन सञ्चालनमा नल्याउँदा भारतमा सास्ती खेपेर आएका नेपाली कामदारले स्वदेशमा जाँचका नाममा दुःख पाउने गरेका स्थानीयले गुनासो गरेका छन् ।

भन्सार कार्यालयले मेसिन बन्द गरेर हातले छामछुम गरेर जाँच गर्छ यो प्रभावकारी विधि होइन”, स्थानीय गणेश मिश्रले  भने मेसिन सञ्चालनमा ल्याए यात्रु र भन्सार कर्मचारी दुवैलाई सहज हुन्छ । अहिले प्रविधिको युगमा हातले जाँच गर्नु उपयुक्त नहुने भन्दै उनले तत्काल एक्सरे मेसिन प्रयोगमा ल्याउनु पर्नेमा जोड दिए ।

गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकसमेत नेपाल भित्रिने भएकाले नाकामा सहज जाँच हुनुपर्ने यहाँका व्यवसायी जगदीश भट्टको भनाइ रहेको  छ । भन्सार कार्यालयले एक्सरे मेसिन मर्मत गरेर जाँच गर्ने व्यवस्था मिलाउनुपर्छ उनले भने यो नाकाबाट पर्यटक आवतजावत गर्ने भएकाले पनि आवागमन सहज बनाउनु पर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्